PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ



पहिलोपोस्ट

व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ

काठमाडौँ : व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ परेका छन्। 

ओरियन्टल सहकारीमा १४ करोड हिनामिना गरेको अभियोगमा बस्नेतलाई भिमसेनगोलाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

यसअघि पनि उनी पटक पटक पक्राउ परिसकेका थिए। 

दुई वर्षअघि पनि उनलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको थियो। भारतमा लुकिबसेका बस्नेतलाई त्यतिबेला र आएको बेलामा विशेष सूचनाको आधारमा पक्राउ गरेको थियो। त्यतिबेला उनलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो। 

 उनले विभिन्न व्यक्तिलाई हाउजिङ उपलब्ध गराउने भन्दै करोडौँ उठाएर फरार भएका थिए। कुमारी बैँक, सिद्धार्थ बैँक, प्राइम कर्मसियल बैँक लगायतबाट उनले करौडौँ ऋण समेत लिएका छन्।

बस्नेतको अग्नि एयरका साथै आयुसा हाउजिङ, कोहिनुर हिल्स हाउजिङ, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल इन्डिभिज्युवल होम्सलगायत हाउजिङ कम्पनी थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell