PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ओलम्पिक महिला फुटबल छनोट : नेपाल म्यानमारसँग पराजित



पहिलोपोस्ट

ओलम्पिक महिला फुटबल छनोट : नेपाल म्यानमारसँग पराजित

काठमाडौँ : सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपाल पराजित भएको छ।

समूह ए अन्तर्गत म्यानमारमै भएको खेलमा नेपाली महिला टोली म्यानमारको महिला टोलीसँग ३-१ ले पराजित भएको हो।

बुधवार भएको खेलमा घरेलु टोली म्यानमारले नेपाललाई ३-१ ले पराजित गरेको हो। त्यसअघि भएको यसै समूहको पहिलो खेलमा भारतले इन्डोनेसियालाई २-० ले पराजित गरेको छ।

म्यानमारको लागि यी यी ओ ले २४औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन्। पहिलो हाफको अन्तिम समयमा नेपालको लागि कप्तान निरु थापाले बराबरी गोल फर्काइन्।

तर दोस्रो हाफमा विङ थेइङगी तुनले दोस्रो हाफमा दुई गोल गरेपछि घरेलु टोलिले जित हात पारेको हो।

थेइङगी तुनले ५०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै म्यानमारलाई २-१ को अग्रता दिलाइन्। तुनले नै अन्तिम समयमा म्यानमारको लागि तेस्रो गोल गरिन्।

पहिलो दिनको खेलपछि म्यानमार र भारतले ३-३ अंक जोडेको छ भने नेपाल र इन्डोनेसिया अंकविहिन छ।

नेपालले अब शनिवार दोस्रो खेल भारतसँग खेल्नेछ। म्यानमारमै भएको ओलम्पिक फुटबलको पहिलो चरण छनोटमा नेपालले म्यानमार र भारतसँग बराबरी खेलेको थियो। तर विराटनगरमा भएको पाँचौ साफ फाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell