PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आइपीएल : हार्दिक पाण्ड्याको अलराउण्ड प्रदशर्नमा मुम्बईले तोड्यो चेन्नाईको विजययात्रा



पहिलोपोस्ट

आइपीएल : हार्दिक पाण्ड्याको अलराउण्ड प्रदशर्नमा मुम्बईले तोड्यो चेन्नाईको विजययात्रा

हार्दिक पाण्डयाको अलरउण्ड प्रदर्शन र सुर्य कुमार यादवको अर्धशक मद्दतमा मुम्बई इन्डियन्ले आइपीएल २०१९ मा बुधवार चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ।

यस हारपछि चेन्नाईको विजयात्रामा ब्रेक लागेको छ। यस सिजन आइपीएलमा अब कुनै पनि टिम अपराजित छैनन्। उता मुम्बईले भने दोस्रो जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७० रन बनाएको थियो। सूर्य कुमार यादवले अर्धशतक बनाएको इनिङ्समा क्रुनल पाण्डया, हार्दिक पाण्ड्या र काएरन पोलार्डले अन्तिममा आक्रमक ब्याटिङ गरेका थिए।

यादवले ४३ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए। क्रुनलले ३२ बल खेल्दै ५ चौका र १ छक्काको म द्दतमा ४२ रन जोडे। मुम्बईले अन्तिम ४ ओभरमा ६७ रन जोड्दा हार्दिक र पोलार्डले विष्फोटक ब्याटिङ गरे। यो जोडीले अन्तिम २ ओभरमा ४५ रन जोडे। हार्दिकले ८ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा नटआउट २५ रन बनाए। पोलार्डले ७ बलमा २ छक्का प्रहार गर्दै नटआउट १७ रन जोडे।

१७१ रनको लक्ष्य पछ्याएको साविक विजेता चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। केदार जादवले अर्धशतक बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। जावदले ५४ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए। सुरेश रैनाले १६ रन जोडे।

बलिङमा मुम्बईका हार्दिकले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। लथिस मालिंगाले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट नै लिए। यस्तै आइपीएलमा यसै खेलबाट डेब्यु गरेका अष्ट्रेलियन खेलाडी जासोन बेहरोनडर्फले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell