PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र चेल्सी विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी, टोटनहम र चेल्सी विजयी

प्रिमियर लिगमा म्यानचेष्टर सिटी फेरि शीर्ष स्थानमा फर्किएको छ। गएराती भएको खेलमा कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै सिटीले अंकतालिकामा लिभरपुललाई पछि पारेको हो।

सिटीका लागि केभिन डे ब्रुएना र लरेय सानेले गोल गरे। जितपछि सिटिको ३२ खेलबाट ८० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हझ। समान खेलबाट ७९ अंक रहेको लिभरपुल दोस्रोमा छ।

यस्तै लण्डन क्लब टोटनहम क्रिस्टल प्यालेसलाई २-० ले नै पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। टोटनहमका लागि हेउन मिन सन र क्रिस्टिएन एरिक्सनले दोस्रो हाफमा गोल गरे। जितपछि टोटनहमको ३२ खेलबाट ६४ अंक भएको छ। एक खेल कम खेलेको अर्को लण्डन कलब आर्सनल ६३ अंकसहित चौथो स्थानमा छ।

यसैगरी चेल्सी ब्राइटनलाई ३-० ले पराजत गर्देको चेल्सीले आर्सनल समान ६३ अंक नै जोडेको छ। चेल्सीले आर्सनलभन्दा एक खेल बढी खेलेको छ तर गोलअन्तरमा पछि छ।

युनाइटेड छैटौँ स्थानमा झरेको छ। चेल्सीका लागि ओलिभर जिरुड, एडेन हाजार्ड र रुवेन लोफ्टस चिकले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell