PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सुरु भयो 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९'



पहिलोपोस्ट

सुरु भयो 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९'

काठमाडौं: 'फोर्ट साल्सा स्टूडियो'को आयोजनामा 'नेपाल ल्याटिन डान्स फियस्टा २०१९' सुरु भएको छ। ४ अप्रिलदेखि ७ सम्म काठमाडौंको छायाँसेन्टरमा फियस्टा हुने भएको छ।

फियस्टामा अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, चाइना, स्वीजरल्याण्ड, भारतलगायत ३० देशका २०० जना व्यक्तिहरू सहभागी हुने आयोजकले जनाएको छ। इभेन्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरू, कलाकारहरूको फरक साल्सा डान्सका कला, प्रशिक्षण, विभिन्न क्याम्पहरू, र वर्कसपहरू हुनेछन्।

गत वर्षको इभेन्टमा क्यानडा र मलेसियाका २ जना प्रशिक्षक उपस्थित थिए।

यो वर्ष भने ल्याटिन डान्सकै 'बचता डान्स'मा ५ पटकसम्म विश्वविजेता जोडी अस्ट्रेलियाका नेस्टर र रेबिका,ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू पोर्चुगलका नेल्सन कम्पास, मलेसियाबाट कार्लनिस, भारतबाट याभित सिंह, बरुन डि एस राणा, बेली डान्समा विश्वको पाँचौँ स्थानमा रहेकी दिप्ती सेठी रहनेछन्।

नेपालबाट प्रशिक्षकका रूपमा योगेशराज श्रेष्ठ, सप्रिना श्रेष्ठ रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी रहनेछन्।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell