PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

शिव परियारले ल्याए 'आँशुको अर्थ २'



पहिलोपोस्ट

शिव परियारले ल्याए 'आँशुको अर्थ २'

काठमाडौं : गायक शिव परियारले 'आँशुको अर्थ २' सार्वजनिक गरेका छन्। 'आँशुको अर्थ'लाई दर्शकले रुचाइदिएपछि उनले 'मेरो भागको खुशी तिमीलाई मिलोस्' बोलको गीत सार्वजनिक गरेका हुन्।

रवि अधिकारीको शब्द रहेको गीतमा शिवले नै संगीत भरेका हुन्। गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। गीतको भिडियोमा भने अभिनेता सन्नी सिंह र मोडल ज्योत्सना योगी फिचर्ड छन्।

निकेश खड्काले निर्देशन गरेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन। गीतमा धमला विकासको सम्पादन छ। गीतलाई शिवकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell