PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सलमान खानका डान्स ट्रेनरले निर्देशन गरे नेपाली गीत



पहिलोपोस्ट

सलमान खानका डान्स ट्रेनरले निर्देशन गरे नेपाली गीत

काठमाडौं : बलिउड हिरो सलमान खानका डान्स ट्रेनर रहेका साजन सिंहले नेपाली गीतको भिडियो निर्देशन गरेका छन्।

उनले छायाँकनरत‍् फिल्म 'सानो मन'को रोमन बज्राचार्य, सुयोग गुरुङ र सिमा राईले गाएको 'रानु कम्मर'बोलका गीतलाई निर्देशन गरेका हुन। गीतमा फिल्मका मुख्य अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केले अभिनय गरेका छन्।

कोरियोग्राफर रेमो डिसुजासँग आठ वर्षसम्म काम गरेका साजनले 'एबिसिडी' र 'एबिसिडी २'मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए। साजनले निर्देशन गरेको गीत कस्तो बन्यो? त्यो निर्माण टिमले गीत रिलिज गरेपछि नै थाह हुनेछ। तर, गीतको छायाँकन स्थलबाट केही तस्वीर भने सार्वजनिक गरिएका छन्। 

म्यूजिकल लभस्टोरी जेनरमा निर्माण हुने 'सानो मन' छायाँकनको अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ। सुयोग गुरुङ निर्देशित फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतको अभिनय रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell