PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ओली सरकारले 'लुट्न सके लुट्...' भनेजस्तै गरेकाले आन्दोलनका लागि तयार रहन देउवाको आग्रह



अनन्तराज न्यौपाने

ओली सरकारले 'लुट्न सके लुट्...' भनेजस्तै गरेकाले आन्दोलनका लागि तयार रहन देउवाको आग्रह

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले ‘लुट्न सके लुट्’ भनेजस्तै गरी लुटिरहेको र हरेक क्षेत्रमा ठाडो हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।

काङ्ग्रेस समर्थक नेपाल ट्रेड युनियन, नेपाल टेलिकम वर्कर्स युनियनको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले वर्तमान सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको बताएका हुन्।

उनले सञ्चारको स्वतन्त्रता सबैभन्दा ठूलो अधिकार भएको र ओली सरकारले यो स्वतन्त्रतामाथि पनि अङ्कुश लगाउने प्रयास गरेको टिप्पणी गरे।

उनले भने, ‘यो सरकारले मिडियाको अधिकारमा पनि कटौती गर्न खोजेको छ।’

सभापति देउवाले सरकारको निरङ्कुश र हस्तक्षेपकारी नीति र शैलीका विरूद्ध अब आन्दोलन हुन सक्ने चेतावनी दिए।

‘तपाईंहरू तयार रहनु होला,’ उनको आग्रह थियो, ‘कुनै पनि बेला हामी आन्दोलनमा जानुपर्ने हुनसक्छ। लड्ने दिन आउनसक्छ। ओली सरकारको हस्तक्षेपकारी नीतिलाई परास्त गर्नैपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell