PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

आइपीएल : सनराइजर्स हैदरावाद विरुद्ध सन्दीपको १ विकेट



पहिलोपोस्ट

आइपीएल : सनराइजर्स हैदरावाद विरुद्ध सन्दीपको १ विकेट

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत बिहीवार भएको खेलमा नेपालि लेगस्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावाद विरुद्ध १ विकेट लिएका छन्।

दिल्ली क्यापिटल्सका लागि यस सिजन तेस्रो खेल खेलेका सन्दीपले हैदरावाद विरुद्ध ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए।

खेलको पहिलो ओभ।नै बलिङ गरेका सन्दीपले विकेट लिन आफ्नो स्पेशलको अन्तिम बलसम्म कुर्नुपरेको थियो।

१६औँ ओभरको अन्तिम बलमा सन्दीपले हैदरावादका दिपक हुडालाई कगिसो रवाडाको हातबाट क्याचआउट गराए।

सुरुवाती दुई खेलमा खेल्ने अवसर नपाएका सन्दीपले त्यसपछिका दुई खेल खेल्दै ३ विकेट लिएका थिए। लगातार तेस्रो खेलमा विकेट लिएका सन्दीपको नाममा यस सिजन ४ विकेट रहेको छ।

घरेलु मैदान फिरोज शाह कोत्ला मैदानमा हैदरावाद विरुद्ध खेलको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले राम्रो सुरुवात गरेका थिए। सुरुको तीन बलमा डेविड वार्नरलाई रन नदिएका सन्दीपले त्यसपछि वार्नरलाई १ रन दिए भने अन्तिम दुई बलमा जोनी बेर्स्टोवले चौकासहित ५ रन जोडे।

पहिलो ओभरमा ६ रन खर्चेका सन्दीपले खेलको तेस्रो ओभरमा एक छक्का र चौका सहित १३ रन खर्चिए।

नवौँ ओभरमा कसिलो बलिङ गर्दै सन्दीपले पुनरामगन गरे। उक्त ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए।

१६औँ ओभरमा सन्दीपले ८ रन खर्चेर १ विकेट लिए। समग्रमा २४ बल बलिङ गर्दा सन्दीपले १० बल डट फाल्दा ३ चौका र १ छक्का खर्चिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell