PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

माथिल्लो डोल्पामा हिमपहिरो, शे–गुम्बा दर्शन गर्न पुगेका तीन जना बेपत्ता



पी बी खड्का

माथिल्लो डोल्पामा हिमपहिरो, शे–गुम्बा दर्शन गर्न पुगेका तीन जना बेपत्ता

सुर्खेतः कर्णालीको उच्च हिमाली जिल्ला माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन्। शे–फुक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ, र फुन्छोक गुरुङ ६ दिनदेखि बेपत्ता भएका हुन्। 


क्रिस्टल माउन्टेन (दोस्रो कैलाश क्षेत्र) दर्शन गर्न पुगेका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 


कैलाश पर्वतमा रहेको सेलरीढुक्टा शे–गुम्बाको दर्शन गर्न पुगेका उनीहरु चैत १७ गतेदेखि बेपत्ता भएका हुन्। हिउँ परेका बेला कैलाशको दर्शन गरे मनले सोचेको पुरा हुने विश्वासका साथ शे–गुम्बा दर्शन गर्न गएको प्रहरीको भनाई छ। प्रहरीले उनीहरु हराएको ६ दिनपछि फेला पारेको प्रहरी प्रमुख अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। 


‘हराएको ६ दिनको दिन हामीले खवर पाएका छौँ।’ उनले भने, ‘अहिले उद्धार गर्न पुग्ने अवस्था छैन। हिमपात रोकिना साथ उद्धार गर्न भनेका छौँ,’  फेरि थपे, ‘त्यहाँको जनप्रतिनिधि र प्रहरी मिलेर उद्धार गर्न निरन्तर प्रयास भइरहेको छ।’ एक हप्ताअघिदेखि लगातार हिमपात परेका कारणले उद्धारमा कठिनाई भएको प्रहरीको भनाई छ। 


उनीहरु त्यहाँको गुम्बा परिक्रममा गर्ने क्रममा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ। सदरमुकामदेखि घटनास्थल पुग्न झण्डै ६ दिनको बाटो हिडेर पुग्न सकिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell