PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

फ्राइडे रिलिजमा 'लभ स्टेशन'सँगै दुई विदेशी फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'लभ स्टेशन'सँगै दुई विदेशी फिल्म

काठमाडौं: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'लभ स्टेशन' प्रदर्शनमा आएको छ। 

उज्जवल घिमिरे निर्देशित फिल्ममा 'लिलिबिली' जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय छ। 'लभ स्टोरी' जनरामा बनेको फिल्ममा प्रदीप खड्का र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय छ।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ।

त्यस्तै यो साता नै प्रदर्शनमा आएको हलिउड फिल्म हो 'सेजम'। एक्सन विधामा बनेको फिल्मलाई डेभिड एफ. सेन्डबर्गले निर्देशन गरेका हुन्। फिल्ममा ज्याकरी लिभाइ, डिजिमोन र असरको मुख्य अभिनय छ।

त्यस्तै प्रदर्शनमा 'क्याप्टेन मार्भल' छ। प्रतिक्षित मानिएको एक्सन जनराको फिल्ममा ब्री लासन, जेम्मा च्यान, स्यामूयलको मुख्य अभिनय छ। पछिल्लो समय  'क्याप्टेन मार्भल'लाई क्यूएफएक्समा प्रदर्शन नगर्ने हल्ला थियो। तर, क्यूएफएक्सका सिइयो रोशन अदिगाले फिल्म प्रदर्शनमा रहेको जानकारी दिए। 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell