PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मेकअप नगरेको भन्दै गाली खाएकी 'मिस नेपाल' सहभागी टप २६ मा



पहिलोपोस्ट

मेकअप नगरेको भन्दै गाली खाएकी 'मिस नेपाल' सहभागी टप २६ मा

चश्मा लगाएकी, मेक अप नगरेकी एक सहभागीको मिस नेपाल अडिसनको भिडियो शुक्रबार बिहान सामाजिक सञ्जालमा चर्चामा आयो। भिडियो सार्वजनिक भएसँगै उनको पक्षमा र सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजरको विरोधमा विभिन्न टिप्पणी भए।

ती सहभागीले आफू कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउँछिन्। तर निर्णायकले भने उनले मेकअप नगरेको, चश्माको सट्टा लेन्स नलगाएको भन्दै प्रश्न गर्छिन्। प्रश्न गर्ने रचना गुरुङ शर्मालाई गाली गर्नेको ओइरो छ।

सहभागी हुन् ललितपुरकी २२ वर्षीया अस्मिता महर्जन। उनी नेपाल कलेज अफ टेक्नोलोजीमा कम्प्युटर इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत् छिन्।

केहीले उनलाई दु:खी नहुन सुझाएका छन् भने केहीले उ मेकअप बिना नै सुन्दर भएको भन्दै सान्त्वना दिएका छन्। तिनै सहभागी प्रतियोगिताको अघिल्लो चरणमा भने पुगेकी छन्। उनले पन्ध्र घण्टा अगाडि मात्रै 'रोड टु मिस नेपाल २०१९' भन्दै फेसबुक पोस्ट गरेकी छिन्। उनले प्रतियोगिता अन्तर्गतकै केही फोटो राख्दै आफू प्रतियोगी नम्बर ८ भएको खुलाएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell