PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'द डार्क एण्ड लाइट'को शुभ मुहूर्त सम्पन्न



पहिलोपोस्ट

'द डार्क एण्ड लाइट'को शुभ मुहूर्त सम्पन्न

काठमाडौं:  फिल्म 'द डार्क एण्ड लाइट'को शुभमुहूर्त सम्पन्न भएको छ। खालिङ्ग सिस्टर्स मुभिजको ब्यानरमा फिल्म बन्ने भएको हो।

फिल्मलाई राजु अर्यालले निर्देशन गर्दैछन्। फिल्ममा कलाकार पिटर खालिङ्ग, सरस्वती लामाको मुख्य अभिनय रहनेछ।

फिल्ममा पिटर र सरस्वतीसँगै सेसुका राई, सुमन मगर, प्रिन्सा राईलगायतको अभिनय रहनेछ। फिल्म १ महिनाको सुटिङ सेड्यूल लिएर छायाँकनमा जानेछ।

फिल्मलाई दसैंअघि नै दर्शकमाझ ल्याउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ। फिल्ममा पिटरको कथा, पटकथा तथा संवाद छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell