PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

प्रदेश १ को प्रदेश सभामा सात विषयगत सभापति निर्वाचन, छ सभापनि ने क पाको पोल्टामा



अनन्तराज न्यौपाने

प्रदेश १ को प्रदेश सभामा सात विषयगत सभापति निर्वाचन, छ सभापनि ने क पाको पोल्टामा

विराटनगर: एक नम्बर प्रदेश सभाका सात छुट्टाछुट्टै विषयगत समितिमा सभापतिको निर्वाचन निर्विरोध सम्पन्न भएको छ। 

एक नम्बर प्रदेश सभाको शुक्रबार भएको निर्वाचनबाट सातै सभापतिको चयन निर्बिरोध सम्पन्न भएको हो।  

प्रदेश सभा सचिवालयका निमित्त सचिव तथा मुख्य निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागार्इंले सात वटै विषयगत समितिका सभापति सर्वसम्मतिले चयन भएको जानकारी दिए।
  
मुख्य निर्वाचन अधिकृत चौँलागाईंका अनुसार न्यायप्रशासन तथा विधायन समितिको  इन्द्रमणी पराजुली, सशासन तथा योजना समितिमा अर्जुन राई, अर्थ समितिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिमा शिवनरायण गन्गाई, समाजिक बिकास समितिमा सरिता थापा, उद्योग पर्यटन वन तथा वतावरण समितिमा सीता थेबे, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा सर्वध्वज साँवा सभापति  छानिएका छन्।
 
एक नम्बर प्रदेश सभाले २०७४ चैतमा सातवटा विषयगत समितिको निर्माण गरेको थियो। 
निर्वाचित विषयगत समितिका सभापतिमध्ये लेखा समितिका शिवनारायण गन्गाई मुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका र अन्य सबै सत्ताधारी दल नेकपाका सांसद् हुन।
  
मुख्य प्रतिपक्षी दल काङ्ग्रेसले प्रदेश सभामा दुई वटा समितिमा सभापति दाबी गर्दै भागबण्डा मागे पनि अन्ततः एउटैमा चित्त बुझाउन बाध्य भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell