PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

तीन वर्षकी बालिकालाई जबरजस्ती गरेको आरोपमा धनगढीका १४ वर्षे किशोर पक्राउ



पहिलोपोस्ट

तीन वर्षकी बालिकालाई जबरजस्ती गरेको आरोपमा धनगढीका १४ वर्षे किशोर पक्राउ

कैलाली : जबरजस्ती करणी गरेको आरोपमा धनगढीका एक १४ वर्षीय किशोर पक्राउ परेका छन्।  

तीन वर्षीया नाबालिकालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले छिमेकी १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो। उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेको समयमा घटना भएको थियो। पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा किशोरलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell