
काठमाडौँ : शनिबार बिहान मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम अपडेट जारी गर्दै काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा मेघ गर्जन सहित वर्षा भइरहेको जनाएको छ।
देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित वर्षा गराउने बादल विकसित हुनुको साथै काठमाडौँ उपत्यका लगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो के हुनेछ त अवस्था? महाशाखा भन्छ- देशको मध्य तथा पश्चिमको केहि भूभागमा विकसित प्रणालीका कारण उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षाले निरन्तरता पाउने देखिएको छ ।
देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ |
राति: देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ |