PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मौसम बिग्रिएपछि आन्तरिक उडान प्रभावित, पोखरा विमानस्थल पनि बन्द



पहिलोपोस्ट

मौसम बिग्रिएपछि आन्तरिक उडान प्रभावित, पोखरा विमानस्थल पनि बन्द

काठमाडौँ : देशको मध्य तथा पश्चिमको केही भूभागमा विकसित प्रणालीका कारण उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षा भइरहेको छ। 

यसका कारण बिहान सबेरैदेखि काठमाडौँ विमानस्थलबाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन्। पोखरा विमानस्थल पनि मौसमका कारण बन्द हुँदा यति एयरलाइन्सले बिहान ८ बजेको उडान रद्द गरिसकेको छ भने कयौँ उडानहरु डिले छन्। यति र बुद्धका पोखराका ५ उडान कुनै पनि हुन सकेका छैनन्। 

नेपाल एयरलाइन्सले भोजपुरको बिहान ९ बजेको उडान पनि रद्द गरेको छ। 

बिहान ८ बजेदेखि हुनुपर्ने विभिन्न एयरलाइन्सका लुक्लाका सात वटा उडान कुनै पनि हुन सकेनन्।  

आन्तरिक तर्फ बिहान १० बजेर ४० मिनेटमा यति एयरलाइन्सको विराटनगरबाट आएको विमान आज पहिलो पटक अवतरण भएको थियो। यो समाचार तयार पार्दासम्म अरु कुनै पनि आन्तरिक उडान काठमाडौँमा अवतरण गर्न सकेको छैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell