काठमाडौं: शनिबार कीर्तिपुरको मैदानमा हुन लागेको कलाकार र राष्ट्रिय खेलाडीहरुबीचको मातृभूमिक कप वर्षाका कारण स्थगित भएको छ।
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ हुने भनिएको खेलमा मदनकृष्ण विरुद्ध हरिवंश र पारस खड्काविरुद्ध ज्ञानेन्द्र मल्लको टिमबीच प्रतिस्पर्धा हुन लागेको थियो।
बिहानैदेखि मौसम खराब भएका कारण खेल रद्द भएको हो।
खेलका लागि टिकट किनिसकेकाहरुलाई पछि हुने खेलमा सोही टिकट मान्य हुने व्यवस्थापनले जनाएको छ। अर्को मिति तोकिएको छैन।