PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

भिक्षु अश्वघोष महास्थवीरको निधन, आइतबार अन्तिम संस्कार हुने



पहिलोपोस्ट

भिक्षु अश्वघोष महास्थवीरको निधन, आइतबार अन्तिम संस्कार हुने

काठमाडौँ : बौद्ध धर्मगुरु संघमहानायक भिक्षु अश्वघोष महास्थवीरको अन्तिम संस्कार आइतबार हुने भएको छ। 

उनको ९३ वर्षको उमेरमा शुक्रबार दिउँसो ग्रान्डी अस्पतालमा निधन भएको थियो। 

तत्कालीन नेकपा एमालेको कोटामा २०४७ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका भिक्षु अश्वघोष २०५१ सालमा लुम्बिनी विकास कोषका उपाध्यक्ष पनि नियुक्त भएका थिए। 

उनका करिब डेढ सय पुस्तक प्रकाशित छन्। 

भिक्षु अश्वघोषको पार्थिव शरीरलाई शनिबार क्षेत्रपाटी, ढल्कोस्थित संघाराम विहारमा राखिएको छ। उनको निर्वाण कामना गर्दै भिक्षु संघ, भिक्षुणी र उपासक उपासिकाले परित्राण पाठ गरिरहेका छन्। 

आइतबार दिनको १ बजे संघाराम विहारनजिक विजयश्वेरी मन्दिरस्थित कर्णदीपमा बौद्ध परम्पराअनुसार उनको दाहसंस्कार गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell