PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

पहिरोले कर्णाली राजमार्ग शुक्रबारबाटै अवरुद्ध, दुई स्काभेटर चलाए पनि खुल्ने छाँट छैन अझै



पी बी खड्का

पहिरोले कर्णाली राजमार्ग शुक्रबारबाटै अवरुद्ध, दुई स्काभेटर चलाए पनि खुल्ने छाँट छैन अझै

सुर्खेत: हिजो बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालिकोटको गगने खोलामा आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। वर्षातको समयमा पटक पटक पहिरोको सास्ती खेप्ने नागरिक शुक्रबार साँझदेखि सडक अवरुद्ध भएपछि सास्ती खेप्न बाध्य छन्।
 
शुक्रबार साँझ परेको वर्षाले कालिकोटको गगने खोलामा आएको पहिरोले कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ।

राजमार्गको करिब ६ सय मिटर बढी गएको पहिरोले राजमार्ग ठप्प भएको सडक डिभिजन कार्यालय, जुम्लाका इन्जिनियर श्रवण कुमार महताराले जानकारी दिए।
 
‘हिजो (शुक्रबार) साँझ गएको पहिरो हो। हिजो अबेर भएकाले आज बिहानैबाट सडक खुलाउन जुटेका छौँ,’ उनले भने,‘दुई वटा स्काभेटर चलाईरहेका छौँ।’ आज (शनिबार) खुल्ने नखुल्ने निश्चित छैन। प्रयास गरिरहेका छौँ।’
 
पहिरोले गर्दा आवतजावतमा कठिनाई भएको छ भने, यातायातका साधन ठप्प छन्। कालिकोट भित्रिने र बाहिरीने कुनैपनि यातायातका साधन चल्न सकेका छैनन्। 

यातायातका साधन कालिकोटको हुल्म, जिते र गगनेखोला आसपासमा थन्किएको कालिकोट प्रहरी प्रमुख डिएसपी बिनोद शर्माको भनाई छ। 

‘बिहानैबाट सुरक्षाकर्मीसहित डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने,‘अहिले यातायातका साधन पठाउन सकिने अवस्था छैन्। सडक खुलाउने पहल भइरहेको छ।’ 

अहिले कालिकोटदेखि सुर्खेत, नेपालगञ्ज, काठमाडौं जाने र जुम्ला, मुगु, कालिकोट जनो यात्रु बिचबाटोमै हैरानी खेपिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell