PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

क्रोएसियामा नेपाललाई फियर प्ले अवार्ड



पहिलोपोस्ट

क्रोएसियामा नेपाललाई फियर प्ले अवार्ड

काठमाडौँ : आइएसएफ वर्ल्ड स्कुल यू-१५ च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागिता जनाएको न्यू डायमण्ड एकेडेमीले फियर प्ले अवार्ड प्राप्त गरेको छ।

क्रोएसियाको पारसेमा सम्पन्न प्रतियोगितामा काठमाडौँ नैकापको एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेको थियो।

नेपाली टिमको हेड अफ डेलेगेट्स राजकुमार कार्कीका अनुसार नेपालले फियर प्ले अवार्ड जित्न सफल भएको हो।

यू-१५ स्कुल भलिबलको महिलातर्फ २२ राष्ट्रले प्रतिस्पर्धा गरेको थियो। नेपाले एक खेल जितेको थियो।

ब्वाइज र गर्ल्स दुवैतर्फको उपाधि भने चिनिया टोलीले जितेको छ।

नेपालको भलिबल इतिहासमै पहिलो पटक नेपालबाट यस किसिमको प्रतियोगितामा सहभागिता भएको हो।

इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसन (आइएसएफ) र नेपाल स्कुल स्पोर्टस फेडेरेसन  (एनएसएफ) को समन्वयमा न्यू डायमण्ड एकेडेमीले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell