PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आइपीएल : पञ्जावलाई पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा



पहिलोपोस्ट

आइपीएल : पञ्जावलाई पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

साविक विजेता चेन्नाई सुपर किंग्स यन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा फेरि शीर्ष स्थानमा फर्किएको छ।

शनिवार भएको खेलमा किगंस एलेभेन पञ्जावलाई २२ रनले पराजित गर्दै चेन्नाई ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो। पाँच खेल खेलेको पञ्जाव सिजनको दोस्रो हारपछि ६ अंकसहित चौथो स्थानमा छ।

लोकेश राहुल र सर्फराज खानले अर्धशतक प्रहार गरेपछि पञ्जावले चेन्नाईले दिएको १६१ रनको लक्ष्य भेट्टाउन सकेन। दुई खेलाडीको अर्धशतकका बावजुत पनि पञ्जावले पुरै २० ओभर ब्याटिङ गर्दा ५ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।

सुरुमै २ विकेट गुमाएर ७-२ को अवस्थामा रहेको पञ्जावको लागि राहुल र खानले ११० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। खानले ६७ र राहुलले ५५ रन बनाएपनि जितका लागि पर्याप्त भएन।

चेन्नाईका लागि हर्भजन सिंह र स्कट कुजेलेनले २-२ विकेट लिए। हर्भजनले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चे।

त्यसअघि घरेलु मैदानमा चेन्नाईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गसुमाएर १६० रन बनाएको थियो।

यस सिजन पहिलो खेल खेलेका फाप डु प्लेसिसले चेन्नाईका लागि सर्वाधिक ५४ रन बनाए। यस्तै शेन वाट्सनले २६ रन जोडे। कप्तान महेन्द्र सिंह धोनीले २३ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३७ रन जोडे।

पञ्जावको लागि कप्तान रविचन्द्रन आश्विनले ३ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell