
करिम बेन्जमाले दोस्रो हाफमा दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा आइवरमाथि पुनरागमन जित हात पारेको छ।
घरेलु मैदानमा रियल पहिलो हाफमा एक गोलले पछि परेको थियो। तर बेन्जामाले दुई गोल गरेपछि रियलले ३ अंक जोडेको हो।
बेन्जामाले ५९औँ मिनेटमा बराबरि गोल पर्काएका थिए भने ८१औँ मिनेटमा विजयी गोल गरे।
त्यसअघि ३९औँ मिनेटमा मार्क कार्डोनाले गोल गर्दै आइबरलाई अग्रता दिलाएका थिए।
जितपछि ३१ खेलबाट ६० अंक जोडेको रियल तेस्रो स्थानमा यथावत छ र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ। तर एट्लेटिकोले एक खेल कम खेलेको छ।
आजै शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको भिड्दैछ। ३० खेलबाट ७० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ।