PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

आइपीएल : डेब्युमै अल्जारी जोसेफको ६ विकेट, मुम्बईले हैदरावादलाई ४० रनले हरायो



पहिलोपोस्ट

आइपीएल : डेब्युमै अल्जारी जोसेफको ६ विकेट, मुम्बईले हैदरावादलाई ४० रनले हरायो

वेष्ट इन्जिजका अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग आइपीएल डेब्युमै धातक बलिङ गर्दै ६ विकेट लिएपछि मुम्बई इन्डियन्सले शनिवार सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।

ब्याटिङमा किरन पोलार्डको केमियो अनी जोसेफसहित बलरहरुको उत्कृष्ट प्रदर्शनपछि मुम्बईले १३६ रन डिफेण्ड गर्दै हैदरावादलाई ४० रनले पराजित गरेको हो।

१३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो।

हैदरावादका लागि दपक हुडाले सर्वाधिक २०, जोनी बेर्स्टोव र मनिस पाण्डेले समान १६, डेविड वार्नरले १५ र मोहम्मद नाविले ११ रन बनाए।

मुम्बईका लागि अल्झारी जोसेफ एक्लैले ६ विकेट लिए। उनले ४.२ ओभरमा १ मेडन राख्दै १२ रन मात्र खर्चेर ६ विकेट लिए। आइपीएल क्रिकेटको इतिहासमै जोसेफको बलिङ फिगर सबैभन्दा उत्कृष्ट हो।

राहुल चाहरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए।

त्यसअघि हैदरावादको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले नर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो। मुम्बईका लागि पोलार्डले २६ बल खेल्दै  २ चौका र ४ छक्काको मद्दतमा नटआउट ४६ रन बनाए।

हैदरावादका लागि सिद्दार्थ कउलले २ विकेट लिए।

यस सिजन पाँच खेल खेलिसकेको मुम्बई ३ जितपछि ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell