PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ला लिगा : सुअरेज र मेसीको गोलमा बार्सिलोनाले एट्लेटिकोलाई हरायो



पहिलोपोस्ट

ला लिगा : सुअरेज र मेसीको गोलमा बार्सिलोनाले एट्लेटिकोलाई हरायो

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले १० खेलाडीमा झरेको दोस्रो स्थानको एट्लेलिको मड्रिडलाई २-० पराजित गरेको छ।

अन्तिम पाँच मिनेटमा लुइस सुअरेज र कप्तान लिओनल मेसीले गोल गरेपछि बार्सिलोनाले ३ अंक जोडेको हो।

डिएगो कोस्टाले पहिलो हाफमै रातो कार्ड पाएपछि एट्लेटिको दश खेलाडीमा झरेको थियो। एक खेलाडि कम भएपछि एट्लेटिकोले बार्सिलोनालाई गोल गर्नबाट रोकेको थियो। तर ८५औँ मिनेटमा सुअरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। लगत्तै अर्को मिनेटमा मेसीले गोल गर्दे अग्रता दोब्बर पारे।

जितपछि लिग लिडर बार्सिलोनाले एट्लेटिकोमाथि ११ अंकको अग्रता बनाएको छ। ३१ खेलपछि बार्सिलोनाको ७१ अंक छ भने एट्लेटिकोको ६२ अंक छ। समान खेलबाट ६० अंकसहित रियल मड्रिड तेस्रोमा छ।

अब लिगमा ६ खेल बाँकी छ र त्यसमा तीन खेल मात्र जितेपनि बार्सिलोना च्याम्पियन बन्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell