काठमाडौं : अभिनेता राजेश हमाल नयाँ फिल्म गर्ने तयारीमा छन्। उनका फेसबुक स्टाटसले उनी फिल्म खेल्ने मुडमा रहेको देखाउँछ।
उनले हालै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् 'अब फिल्म खेल्नु पर्ला'।
टेलिभिजन रियालिटी सो 'को बन्छ करोडपति'को कार्यक्रम संचालक रहेका हमालले गर्ने नयाँ फिल्मको नाम सार्वजनिक भएको छैन।
पछिल्लो समय नेपाली फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन। निर्माताहरु फिल्ममा लगानी गर्न डराइरहेका छन्। निर्माता अर्जुन कुमारले त हालै फिल्ममा लगानी गर्नुअघि धेरै पटक सोच्नुपर्ने फेसबुकमै लेखेका छन्।
हल संचालक हलमा दर्शकको खडेरी लागेको बताउँछन्। यहि अवस्थामा हमालले फिल्म गर्ने योजना बनाएका छन्। लामो समयपछि फेरि पर्दामा देखिने हमालको योजना के इन्डस्ट्रीको अहिलेको अवस्थालाई मध्यनजर गरेर हो? त्यो त उनैलाई थाह होला।
राजेशका फ्यानमा भने नयाँ फिल्मलाई लिएर खुशी छाएको छ।