PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

महिला भलिबललाई मुक्तिनाथ विकास बैँकको साथ



पहिलोपोस्ट

महिला भलिबललाई मुक्तिनाथ विकास बैँकको साथ

काठमाडौं : शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले मुक्तिनाथ विकास बैंकको साथ पाएको छ।

वैशाख १४ देखि १७ गतेसम्म हुने प्रतियोगितालाई बैँकले एक वर्षको लागि प्रथम पुरस्कारको प्रायोजन गर्ने गरी सम्झौता गरेको हो।

मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल र शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काले आइतवार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बैंकले प्रतियोगिताको विजेतालाई दिइने प्रथम पुरस्कार २ लाख प्रदान गर्नेछ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा चारदिन सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन्।

यस्तै विजेता टिमका सदस्यलाई द रिगल इंकले ४ लाख ५६ हजार बराबरको १६ जोर सुट प्रदान गर्नेछ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड विजेताले १५-१५ हजार प्राप्त गर्ने छन्। यसैगरी विधागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले ७-७ हजार नगद प्राप्त गर्ने छन्।

प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell