PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

आइपीएल : बैंगलोर विरुद्ध सन्दीपको खराब बलिङ, ४ ओभरमा ४६ रन खर्चेर १ विकेट



पहिलोपोस्ट

आइपीएल : बैंगलोर विरुद्ध सन्दीपको खराब बलिङ, ४ ओभरमा ४६ रन खर्चेर १ विकेट

काठमाडौँ : दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आइतवार रोएल च्यालेन्जर्स विरुद्ध महाँगा सावित भएका छन्।

यस सिजन चौथो खेल खेलिरहेका सन्दीपले बैंगलोर विरुद्ध ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए।

सुरुको तीन ओभरमा २७ रन खर्चेका सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा १९ रन खर्चिए।

यसघिका खेलहरुमा पावरप्लेमै बलिङ गर्ने अवसर पाएका सन्दीपले बैँगलोर विरुद्ध भने दशौँ ओभरमा बलिङ सुरु गरेका थिए। उनले उक्त ओभरमा १० रन खर्चे। १२औँ ओभरमा सन्दीपले पुनरागमन गर्दै ६ रन मात्र खर्चे।

त्यसपछि १५औँ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर १ विकेट लिएका थिए।

१७औँ ओभर बलिङ गरेका सन्दीपलाई बैंगलोरका कप्तान विराट कोहलीले दुई छक्का प्रहार गरेका थिए।

सन्दीपले ४ ओभरमा ४ बल मात्र डट फालेका थिए।

सन्दीपले यसअघि कोलकता विरुद्ध १, पञ्जाव विरुद्ध २ र हैदरावाद विरुद्ध १ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell