PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाराको हुरी प्रभावित क्षेत्रमा बिरयानी-गोस र गाउँपालिकाको मेस बन्द



बीपी साह

बाराको हुरी प्रभावित क्षेत्रमा बिरयानी-गोस र गाउँपालिकाको मेस बन्द

हावाहुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकामा प्रभावित हुनेमध्ये अधिकांश मुस्लिम समुदायका छन्।

त्यसमा पनि अधिकांश महिलाहरु।

फेटाको पुरैनिया गाउँमा प्रभावितहरुका लागि विभिन्न मुस्लिम संघ–संगठनहरुले राहत वितरणको काम जारी राखेका छन।

तर, मुस्लिम महिलाहरुलाई सहयोग हुने गरी सुरु गरिएको खाना वितरण कार्य रोकिएको छ।

हुरीको वितण्डाको भोलि पल्टैबाट फेटाको मदर्सा ता फिजुल कुरानले ‘बिरयानी र गोस’ वितरण गर्दै आएको थियो। मुस्लिम महिलाहरु सार्वजनिक मेसमा खाना खान असहज महसुस गर्ने गरेकोले मदर्साले घर–घरमै खाना पुर्‍याउँदै आएका थिए।

अहिले खाना वितरण कार्यक्रम रोकिएको छ।

साधन स्रोत अभावका कारण खाना वितरण कार्यक्रम स्थगित गर्नु परेको जामिया आयसा लिल जनातका मुस्ताक मौलानाले जनायो।

 ‘हाम्रो खान वितरण रोकिएको छ। हामीलाई साधन स्रोतको समस्या भएको थियो,' मदर्शा इस्लामियाको हपुर रहमानले भने।

यसैबीच, विभिन्न संस्थाले चलाएको मेस पनि बन्द भएको छ। फेटा १ भरबलियामा समाजसेवी अजय पटेलले चलाएको मेस पनि बन्द भएको छ।

मेस अव्यवस्थित हुन थालेपछि बन्द गर्नु परेको पटेलले जनाए।

‘भरवलियामा विद्युत्को पोलहरु खसेकोले हामीले जेनेरेटरको व्यवस्था गरेका थियौं। तर प्रभावित भन्दा अन्य व्यक्तिले दुरुपयोग गर्न थालेपछि हामीले त्यो पनि बन्द गर्‍यौ,’ पटेलले भने।

यसैबीच, फेटा गाउँपालिकाले चलाएको मेसहरु पनि बन्द भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell