PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रिमियर लिग : चौथो स्थानको आर्सनल एभरटनसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : चौथो स्थानको आर्सनल एभरटनसँग पराजित

प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा चौथो स्थानको आर्सनल पराजित भएको छ।

आर्सनललाई एभरटनले १-० ले पराजित गरेको हो। घरेलु मैदानमा एभरटनलाई ३ अंक दिलाउन फि जगेइल्काले खेलको दशौँ मिनेटमै गरेको गोल निर्णायक बनेको हो।

हारपछि पनि ३२ खेलबाट ६३ अंकसहित आर्सनल चौथो स्थानमा यथावत छ। तर यस हारले शीर्ष चारमा पर्ने आर्सनलको अभियानमा धक्का लागेको हो। यस्तै तेस्रो स्थानमा उक्लने मौका पनि गुमाएको छ।

आर्सनल समान अंक रहेको चेल्सी गोलअन्तरमा पछि छ।

३२ खेलबाट ८२ अंकका साथ लिभरपुल पहिलो र ८० अंक जोडेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell