PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

आठौँ राष्ट्रिय खेलकुद : भीआईपी प्याराफिटको छानो लगाउन सुरु



पहिलोपोस्ट

आठौँ राष्ट्रिय खेलकुद : भीआईपी प्याराफिटको छानो लगाउन सुरु

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्याराफिटको छानो लगाउने काम सुरु भएको छ। बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट पाहुनाका लागि निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउन थालिएको हो।

अवको दुई दिनभित्र छानो लगाउने काम सकिने गरि काम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए। भिआइपी प्याराफिट सँगै रंगशाला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको ओलीले बताए। 'फिल्डमा लगाइएको बरमुडा दुवो पनि हुर्किसकेको छ। फुटबल खेलका लागि दुवोसहित तयार पारिएको फिल्ड आइतवारदेखि सम्याउन थालिएको छ।' रोलरको सहायतामा फिल्ड सम्याउन सुरु भएको उनले बताए।

'निर्माण भइरहेका संरचना अन्तिम चरणमा पुगेको छ।' ओलीले भने, 'नेपालगन्ज रंगशालाका विभिन्न स्थानमा रुख, विरुवा रोप्ने काम पनि भइरहेको छ।' रंगशाला भित्र र बाहिर सरसफाईलाई पनि तीव्रता दिइएको ओलीले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले ५ बैशाखमा उद्घाटन गर्ने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन ११ बैशाखमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell