PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सिफारिस समितिले माग्यो पदाधिकारीका लागि आवेदन



पहिलोपोस्ट

काठमाडौँः बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस समितिले आयोगको पदाधिकारीका लागि आवेदन माग गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस कार्यविधि अनुसार वैयक्तिक विवरण पठाउन समितिले आह्वान गरेको हो।

प्राप्त विवरण अनुसार समितिले आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गर्नेछ। सरकारले दुई साताअघि सिफारिस समिति गठन गरेको थियो।

समितिको आइतबारको पहिलो बैठकले छनोट प्रक्रियाको मापदण्ड पनि पारित गरेको छ। 

मापदण्ड अनुसार आवेदन दिने व्यक्तिले कुन पदमा सिफारिस हुन चाहेको भन्ने स्पष्ट उल्लेख गर्नुपर्नेछ। यस्तै, कुनै सरकारी वा सार्वजनिक सेवा रहेको भए उक्त विवरण र अवकाश पाइसकेको भएमा सेवा अवधि समेतको विवरण खुलाउनु पर्नेछ।

नियुक्ति हुनुपर्ने कारण, नियुक्ति भएमा गर्ने कार्ययोजना पनि आवेदकले पेस गर्नुपर्ने कार्यविधि समितिले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell