PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भरतपुरः चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का  १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell