PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

एन्जल्स् हार्ट अन्तर विद्यालय/कलेज पुरुष भलिबल जेठमा, ८० भन्दा बढी टिम सहभागि हुने



पहिलोपोस्ट

एन्जल्स् हार्ट अन्तर विद्यालय/कलेज पुरुष भलिबल जेठमा, ८० भन्दा बढी टिम सहभागि हुने

काठमाडौँ : विद्यालय स्तरदेखि नै भलिबलको विकास गर्ने उद्देश्यले कक्षा ८ देखि १२ सम्मको विद्यार्थीलाई सहभागि गराउदै पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

एन्जल्स् स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टर मनमैजुको आयोजना तथा एन्जल्स् हार्ट सेकेण्डरी स्कुलको प्रायोजनमा प्रथम राष्ट्रिय एन्जल्स् हार्ट अन्तर विद्यालय/कलेज स्तरिय पुरुष भलबिल प्रतियोगिता हुने भएको हो।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०७६ साल जेठ १५ देखि २१ गतेसम्म गर्ने जानकारी दिएको हो।

प्रतियोगितामा नेपालभरबाट ८० भन्दा बढी विद्यालयको सहभागिता रहने संयोजक दिलबहादुर बुढाथोकीले जानकारी दिए। त्यसका लागि नेपालको सबै विद्यालयमा पत्र पठाउने र काठमाडौँ बाहिरबाट २०-२५ विद्यालय आउने अपेक्षा राखेको उनले बताए।

प्रतियोगिताका खेलहरु एकेडेमीकै कोर्ट र नयाँ बसपार्कमा रहेको ढोरपाटन क्लबको कोर्टमा हुनेछ। प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन ढोरपाटन क्लबे गर्नेछ।

कक्षाम ८ देखि १२ सम्म अध्ययन गरिरहेका र गत वर्ष १२ कक्षा पास भएका विद्यार्थीले पनि यस प्रतियोगिता सहभागिता जनाउन पाउने एन्जल्स् स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरका कार्यकारी अध्यक्ष खिम बहादुर थापाले बताए।

यस प्रतियोगितामा अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी सहभागि हुन नपाउने उनले बताए। यस्तै विद्यालय कलेजमा अध्ययनरत विभागीय टोलीका खेलाडीले पनि खेल्न नपाउने थापाले बताए।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले स्कुल र कलेका खेलाडीहरु सहभागि हुने यस प्रतियोगिताबाट नयाँ प्रतिभाहरु जन्मने विश्वास व्यक्त गरे।

यस्तै प्रतियोगिताको लागि संघले स्वीकृति दिएको चन्दले बताए। साथै उनले ६ थान बल आयोजकलाई हस्तानतरण गरेका छन्।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख, ट्रफी र गोल्ड मेडल पाउनेछन्। यस्तै उपविजेताले ५० हजार र तेस्रों हुनेले २५ हजार हात पार्नेछन्। चौथो हुनेले १५ हजार सान्त्वना पुरस्कार पाउनेछन्।

यसैगरी विधागत उत्कृष्टहरुले ५-५ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको लागि करिब १८ लाख खर्च लाग्ने अध्यक्ष थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell