PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बसुन्धरामा सोफामुनि भेटिएको बम सेनाले बाल्टिनमा बोकेर सडक छेउमा यसरी गर्‍यो डिस्पोज

बसुन्धरामा सोफामुनि भेटिएको बम सेनाले बाल्टिनमा बोकेर सडक छेउमा यसरी गर्‍यो डिस्पोज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: बसुन्धाराको ओइसिस क्याफेसँगै जोडिएको घरमा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएर डिस्पोज गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी बोगटीले जानकारी दिए।

कोठाभित्र झन्डामा बेरेर राखेको बम नेपाली सेनाको टोलीले रंगको बाल्टिनमा बोकेर बाहिर ल्याएको थियो। बाल्टिनमा ल्याएको बम सेनाले सडक छेउमा सुरक्षित डिस्पोज गरायो।

आज दिउँसो प्रहरीले घरको तेस्रो तलाको कोठा भित्र सोफामुनि बम फेला परेको थियो। 'द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’को  कार्यालयभित्र बम भेटीएपछि प्रहरीले कार्यालयका पाँच जना मानिसलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ।

बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न सकेको छैन।

सम्वन्धित समचार

बसुन्धाराको एक कार्यालयको सोफामुनि सकेट बम फेला: प्रहरीले नसकेपछि सेनाको टोली घटनास्थलमा



ट्रेन्डिङ पोस्ट

Ncell