PahiloPost

Nov 4, 2025 | १९ कात्तिक २०८२

नेपाल एयरलाइन्सको जापान उडान निश्चित, जुलाई ४ देखि सातामा* तीन उडान भर्ने



पहिलोपोस्ट

नेपाल एयरलाइन्सको जापान उडान निश्चित, जुलाई ४ देखि सातामा* तीन उडान भर्ने

काठमाडौँः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ।

जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि सातामा* तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ। जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए।

उनका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समय अनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समय अनुसार) बजेको उडान पाएको छ। यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो।

निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ। वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ।

ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ। नारिताका लागि पनि साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ। काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौँ उडान समयावधि साढे सात घण्टाको हुनेछ।

निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ। रासस

(यसअघि समाचारमा दैनिक तीन उडान उल्लेख भएको गलत थियो। सातामा तीन उडान हो। गल्ती सच्याइएको छ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell