PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आइपीएल : लोकेश राहुल र मायांक अग्रवालको अर्धशतकमा पञ्जावको चौथो जित



पहिलोपोस्ट

आइपीएल : लोकेश राहुल र मायांक अग्रवालको अर्धशतकमा पञ्जावको चौथो जित

लोकेश राहुल र मायांक अग्रवालको अर्धशतक मद्दतमा किंग्स एलेभेन पञ्जावले आइपीएल २०१९ मा चौथो जित हात पारेको छ।

सोमवार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पञ्जाव तेस्रो स्थानमा उक्लेको छ। कोलकता नाइट राइडर्स र चेन्नाई सुपर किंग्स समान ८ अंक जोडेको पञ्जाव रनरेटमा भने पछि छ।

यस सिजन ६ खेल खेलिसकेको हैदरावाद तेस्रो हारपछि ६ अंकसहित चौथो स्थानमा छ।

ओपनर राहुलले नटआउट ७१ रन प्रहार गरेपछि पञ्जावले १५१ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। राहुलले ५३ बल खेल्द ७ चौका र १ छक्का प्रहार गरे।

राहुलले मायांक अग्रवालसँग दोस्रो विकेटका लागि शतकिय साझेदारि गर्दै जितको आधार तयार पारेका थिए। यी दुईले दोस्रो विकेटका लाग ११४ रनको साझेदारी गरे। अग्रवालले ४३ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडे। क्रिस गेलले १६ रन जोडे।

हैदरावादका सन्दिप शर्माले २ र रसिद खानले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले सुस्त सुरुवात गरेको थियो। तर कप्तान डेविड वार्नरले अन्तिमसम्म ब्याटिङ गर्दै नटआउट ७० रन बनाएपछि हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो। वार्नरले ६२ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे।

विजय शंकरल २६, मनिस पाणडेले १९ रन जोडे। दिपक हुडाले अनतिम ३ बलमा बाउन्ड्री प्रहार गर्दै ३ बलमा नटआउट१४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। पञ्जावका मुजिव उर रहेमान, मोहमद शामी र रविचन्द्रन आश्विनले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell