एडेन हाजार्डले दुई गोल गरेपछि वेष्टहमलाई पराजित गर्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ।
गएराती भएको खेलमा चेल्सीले वेष्टहमलाई २-० ले पराजित गरेको हो। चेल्सीका लागि दुवै हाफमा हाजार्डले एक-एक गोल गरे। २४औँ मिनेटमा पहिलो गोल गरेका हाजार्डले ९०औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
जितपछि ३३ खेलबाट ६६ अंक जोड्दै चेल्सीले अन्य दुई लण्डन क्लब टोटनहम हट्सपर र आर्सनललाई पछि पारेको हो।
चेल्सी भन्दा एक खेल कम खेलेको टोटनहम (६४) चौथो र आर्सनल (६३) पाँचौ स्थानमा छन्।
३३ खेलबाट ८२ अंक जोडेको लिभरपुल पहिलो र ३२ खेलबाट ८० अंक जोडेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ।