
काठमाडौँ : सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ वर्ल्डकपका लागि एसियन रिजनल क्वालिफायर भोलीदेखि मलेसियामा सुरु हुँदैछ।
विश्वकपमा छनोट हुने लक्ष्यका साथ रोहित पौडेलको कप्तानीमा नेपाली टोली मलेसिया पुगिसकेको छ।
नेपालको पटक नेपालको कप्तानी सम्हालेका रोहित कुमार पौडेलले नेपाललाई वर्ल्डकपमा पुर्याउन सके त्यो आफ्नो लागि उत्कृष्ट क्षण हुने बताएका छन्।
उनले क्रिकेटको लागि टिमवर्क र टिम एकता नै मुख्य विषय रहेको बताए। २०१४ मा बंगलादेशमा टी २० वर्ल्डकप हुँदादेखि म क्रिकेटमा परिचित हुन थालेको हुँ। टिम युनिटी र टिमवर्क क्रिकेटमा मेरो लागि मनपर्ने विषय हो। खेलका लागि खेलाडीहरु एकदमै लगनशिल र समर्पित छन्। नेपालको क्रिकेटको फ्यान फलोइनिङ एकदमै धेरै छ। नेपाललाई वर्ल्डकपमा पुर्याउन सके यो मेरो लागि जीवनै उत्कृष्ट क्षणमध्ये एक हुनेछ।
राष्ट्रिय टिमको नियमित सदस्य समेत रहेका र वर्ल्ड रेकर्ड होल्डर रोहितले प्रतियोगिताअघि आइसीसीसँग भनेका छन्।
रोहितसँगै राष्ट्रिय टिमबाट खेलिसकेका सन्दिप जोरा र पवन सर्राफ अनी राष्ट्रिय टिममा परिसकेका भिम शार्की पनि यू-१९ टोलीमा छन्।
एसियन क्वालिफायरमा नेपालसहित मलेसिया, युएई, सिंगापुर, ओमान र कुवेत गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउण्ड रोविन लिगपछि अंकतालिकामा शीर्ष स्थानमा रहने एक टोली वर्ल्डकपमा छनोट हुनेछ।
आइसीसीको १२ फुल मेम्बर मध्ये आयरल्याण्ड बाहेक बाँकी ११ राष्ट्र सिधै छनोट भइसकेका छन् भने अफ्रिकी छनोटबाट नाइजेरियाले छनोट चरण पार गर्दै वर्ल्डकपमा स्थान पक्का गरिसकेको छ।
अब एसियासँगै, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिक रिजनबाट १-१ टोली छनोट हुन बाँकी छ।
नेपालले अप्रिल १२ मा सिंगापुरसँग छनोटको पहिलो खेल खेल्नेछ।
नेपाली टोली:
रोहित कुमार पौडेल (कप्तान), मोहम्मद आसिफ शेख, पवन सर्राफ, सन्दिप जोरा, भीम शार्की, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ
व्यवस्थापक : रमन सिवाकोटी
प्रशिक्षक : विनोदकुमार दास
फिजियो : विक्रम न्यौपाने