PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

सेतो मछिन्द्रनाथको रथ तयारी, बेतले बाँध्दै, फलाँसीले हान्दै : १४ फोटोमा हेर्नुस्

सेतो मछिन्द्रनाथको रथ तयारी, बेतले बाँध्दै, फलाँसीले हान्दै : १४ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


जनमाद्य:(सेतो मछिन्द्रनाथ)को रथ निर्माण कार्य भइरहेको छ। हाल रथमा पौ(बेत)बाँधेर काठहरु कस्ने कार्य भइरहेको छ। ह्युमतका महर्जनहरु रथ निर्माणमा सहभागी भएका छन्। आउने शुक्रवारसम्म रथ निर्माण सम्पन्न गरी शनिवार ३० गेत तीनधारा पाठशाला अगाडिबाट तानेर असन पुर्‍याइनेछ। 

प्रत्येक चैत शुक्ल अष्टमीका दिन सेतो मछिन्द्रनाथ मूर्तिलाई तीनधारा पाठशाला अगाडि ल्याइ रथमा राखेर जात्रा गरिन्छ। दोस्रो दिन असनबाट हनुमानढोकासम्म रथ तानिन्छ भने अन्तिम दिन हनुमानढोकाबाट मरु, चिंकमुगल, मजिपात, जैशीदेवल हुँदै मच्छिन्द्रनाथको आमा अवलोकितेश्वर रहेको लगनमा तीनपटक घुमाएर रथ यात्रा समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell