
काठमाडौं: अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीको आयोजनामा नवौँ अन्तर्राष्ट्रिय एथ्लेट फोरममा नेपालबाट दुई ओलम्पियन खेलाडी सहभागिता जनाउने भएका छन्।
छनोट भएर ओलम्पिक खेलेका दिपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले नेपालको तर्फबाट भाग लिन लागेका हुन्।
उक्त फोरम आइओसीको मुख्यालय स्वीट्जरल्याण्डको लुसान सहरमा अप्रिल १३ देखि १७ सम्म सञ्चालन हुनेछ।
सुटिङकी खेलाडी राणाले नेपाल ओलम्पिक कमिटिको तर्फबाट र तेक्वान्दो खेलाडी विष्टले इन्टरनेशनल एथ्लेट फोरम अन्तर्गत ओलम्पियन फोरममा सहभागिता जनाउनेछन्।
विष्ट र राणालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य जीवन राम श्रेष्ठले बिदाइ गरे।