PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लेगमा लिभरपुल र टोटनहम विजयी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लेगमा लिभरपुल र टोटनहम विजयी

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहम हट्सपर विजयी भएका छन्। दुवैले घरेलु मैदानमा भएको खेल जित्दै दोस्रो लेगलाई केही सहज बनाएका हुन्।

लिभरपुलले पोर्चुगिज क्लब पोर्टोलाई २-० ले पराजित गरेको हो। घरेलु मान एनफिल्डमा लिभरपुलका लागि रोवी केइटाले पाँचौ र रोवर्टो फिर्मिनोले २६औँ मिनेटमा गोल गरे।

उता अल इंग्ल्स भिडन्तमा टोटनहमले म्यानचेष्टर सिटीलाई १-० ले पराजित गरको हो। सर्जियो अगुएरोले पेनाल्टी चकाउँद सिटीले हार बेहोर्नुपर्‍यो।

टोटनहमका लागि हेउन मिन सनले ७८औँ मिनेटमा गोल गरेका थिए। त्यसअघि खेलको १३औँ मिनेटमा सिटीले पेनाल्टी प्राप्त गरेको थियो। तर अगुएरोको पेनाल्टी प्रहार टोटनहमका गोलकिपर ह्युगो लोरिसले बचाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell