PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

'किल दिस लभ'ले तोड्यो युट्युब रेकर्ड, २४ घण्टामा ५ करोड ६७ लाख भ्यूज



पहिलोपोस्ट

'किल दिस लभ'ले तोड्यो युट्युब रेकर्ड, २४ घण्टामा  ५ करोड ६७ लाख भ्यूज

काठमाडौं: कोरियन सांगीतिक ब्यान्ड ब्ल्याक पिंकको गीत 'किल दिस लभ'ले युट्युब रेकर्ड तोडेको छ। २४ घण्टामा अत्याधिक भ्यूज पाउने गीतको सूचीमा उक्त गीत अग्रस्थानमा आएको हो। युट्युब इतिहासमै गीतलाई २४ घण्टामा ५ करोड ६७ लाखले हेरेको युट्युबले पुष्टी गरेको छ।

२०१८ मा गायिका एरिना ग्रन्डेको 'थ्यान्क यू नेक्स्ट'ले २४ घण्टामा ५ करोड ४ लाख भ्यूज पाएर युट्युब रेकर्ड ब्रेक गरेको थियो। अब भने, एरिनाको युट्युब रेकर्डलाई नै ब्लयाकपिंकले तोडेको छ।

गीतलाई यो समाचार तयार पार्दासम्म १४ करोड बढीले हेरिसकेका छन्।

साउथ कोरियन गायिकाहरुको यो समूह २०१६ बाट गायनमा सक्रिय छ। के-पप जनराको गायनमा सक्रिय ब्ल्याकपिंकमा रोजी, जेनी, लिजा र जिसू छन्।

अहिले उनीहरु युट्युब रेकर्डलाई लिएर खुशीयाली मनाइरहेका छन्। उनीहरुको पहिलो एल्बम 'स्क्वायर वान' थियो। 'बुम्बैयाह' पछि भने उनीहरु चर्चामा आएका थिए। उक्त गीतले पनि अत्याधिक भ्यूज पाउने पहिलो कोरियन गीतको रेकर्ड तोडेको थियो।

'किल दिस लभ'का शब्दहरु यस किसिमका छन्। 

'म मेरो भावनाको कमारो हुँ

यो प्रेमले मुटूमा घोच्छ…

मलाई हेर तिमीलाई हेर को धेरै पीडामा छ

तिमी जे छौ तेज छौ…

त्यसैले यो मायालाई मारौं'

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell