PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दोस्रो संस्करणको केपीएल टी २० बैशाख दोस्रो साता, ८ टोलीको सहभागिता



पहिलोपोस्ट

दोस्रो संस्करणको केपीएल टी २० बैशाख दोस्रो साता, ८ टोलीको सहभागिता

आगामी वैशाखमा हुने कर्णाली प्रिमियर लिग केपीएलको दोस्रो संस्करणमा ८ टोलीले भाग लिने पक्का भएको छ।

केपीएल २ २०७६ साल बैशाख १२ देखि २१ गतेसम्म हुँदैछ। प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी, लालिगुरास क्रिकेट एकेडमी, मध्यपश्चिम क्रिकेट क्लब, कर्णाली ११ र हिमालयन क्रिकेट एकेडमीलर् प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्येक टिमले दुई विदेशी खेलाडी राख्न पाउनेछन्। यस्तै पुरस्कार राशी भने खुलाइएको छैन। गत वर्ष १० टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेताले नगद ३ लाख प्राप्त गरेका थिए।

गत वर्षको विजेता आर्मी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell