PahiloPost

Nov 4, 2025 | १९ कात्तिक २०८२

विराट कोहलीलाई 'विस्डन क्रिकेटर अफ दि इअर' अवार्ड



पहिलोपोस्ट

विराट कोहलीलाई 'विस्डन क्रिकेटर अफ दि इअर' अवार्ड

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले विस्डन क्रिकेटर अफ दि इअरको अवार्ड जितेका छन्।

विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डन अलामानकले आफ्नो १५६औँ संस्करण रिलिजको अवसरमा विजेता खेलाडीहरुको नाम सार्वजनिक गरेको हो।

कोहलीले पुरुषतर्फको विस्डन लिडिङ क्रिकेटर अफ दि इअरको अवार्ड जितेका हुन्। साथै उनी विस्डन फाइभ क्रिकेटर अफ दि इअर अवार्डमा पनि जितेका छन्।

विराटसँगै इंग्लिस खेलाडीहरु जोश बटलर, साम कुरान, रोरी बर्न्स र टोमी बेओमाउन्ट गरी पाँच खेलाडी फाइभ क्रिकेटर अफ दि इअर घोषित भएका हुन्।

कोहली आइसीसीको टेष्ट र ओडिआई दुवैमा ब्याट्सम्यानतर्फ शीर्ष वरीयतामा छन्। कोहलीले लगातार तेस्रो पटक विस्डन क्रिकेटर अफ दि इअरको अवार्ड जितेका हुन्।

महिलातर्फ भने यस अवार्ड भारतकै स्मृति मन्डनाले जितिन्।

अफगानिस्तानका रसिद खानले लगातार दोस्रो पटक टी-२० क्रिकेटरको अवार्ड जिते।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell