PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'बेगुसराई'मा कन्हैया कुमारसँगै अभिनेत्री स्वारा भास्करले मनाइन् जन्मदिन



पहिलोपोस्ट

'बेगुसराई'मा कन्हैया कुमारसँगै अभिनेत्री स्वारा भास्करले मनाइन् जन्मदिन

'वीरे दी वेइडिङ' अभिनेत्री स्वार भास्कर लोकसभा निर्वाचनमा दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व सभापतिसमेत रहेका भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारको पक्षमा देखिन्छिन्।

उनले आफ्नो जन्मदिन पनि कन्हैया कुमारको चुनावी क्षेत्र 'बेगुसराई' अभिनयानमा सहभागी हुँदै मनाएकी छिन्।

उनले जन्मदिनमा कन्हैयालाई साथी सम्बोधन पनि गरिन्। भनिन् 'यस किसिमले जन्मदिन मनाउनु फरक अनुभव हो। तर, कन्हैया मेरो साथी हो। उ महत्वपूर्ण लडाईंमा छ, हाम्रो लागि। उसले जित्यो भने प्रजातन्त्रको जीत हुन्छ।'

स्वारा सामाजिक सञ्जालतर्फ पनि कन्हैया संसदका लागि योग्य उम्मेद्वार रहेको प्रचार गर्दै आएकी छिन्। कन्हैयाको पक्षमा अन्य सेलेब्रेटी पनि उभिएका छन्। स्वारा भास्कर आफू पनि जेएनयूकी ग्र्याजुयट हुन्।

मंगलबार कन्हैया कुमारले आफ्नो मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गर्न समर्थकहरुको र्‍यालीसहित गएका उनको साथमा स्वारा पनि सहभागी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell