PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

कुस्तीमा १२औँ सागका पदकधारी सरोज यादवको विजयी सुरुवात



पहिलोपोस्ट

कुस्तीमा १२औँ सागका पदकधारी सरोज यादवको विजयी सुरुवात

कपिलवस्तु : प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गग भएको १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। १२औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजि गरे। यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव बिद्यासागर पोखरेलले जानकारी गराए।

यस्तै पुरुष ५७ केजी तौलमा सेनाका तीलक बहादुर देउजाले प्रदेश ५ का शिब कुमार यादवलाई पराजित गर्दै अर्को चरणमा स्थान बनाए। प्रदेश २ का नरेश यादवले नेपाल प्रहरीका धर्मेन्द्र यादवलाई तथा प्रदेश ७ का पारश चन्दले प्रदेश १ का कमल देव यादवलाइ पराजित गरे। ६१ केजी तौलमा प्रदेश ७ का अर्जून गुरुङ्ग, प्रदेश ३ का जादुलाल यादव, पुलिसका भागवत शाह र  प्रदेश ५ का भुनेश्वर यादवले पनि जित हात पारे। अर्जूनले प्रदेश १ का आनन्द राजबंशी, जादुले सेनाका अर्जून बोहरा, भागवतले प्रदेश ७ का सुरज थापा मगर र भुनेश्वरले प्रदेश २ का जय मंगल यालवलाई हार चखाए।

कपिलबस्तु जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ र प्रदेश ७ की मनिषा सिंहले जितको सुरुवात गरे। यस्तै ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले। ५७ केजीमा सेनाकी कल्पना बि.क. र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे। ५९ केजी तौलमा सेनाकी कविता पुन, ६२ केजीमा सेनाकै सुशिला चन्द, ६५ केजीमा प्रदेश ७ की निरा आउजी, ६८ केजीमा पुलिसकी निर्मला जागरी र प्रदेश ५ की शान्ति चौधरीले जित निकाले। शान्ति भारोत्तोलन खेलकी खेलाडी समेत हुन् ।

प्रतियोगिताको नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सविच कृष्ण प्रसाद देवकोटाले पनसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell