PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

लनटेनिस : आर्मी र एपीएफ फाइनलमा



पहिलोपोस्ट

लनटेनिस : आर्मी र एपीएफ फाइनलमा

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन्। बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे।

पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो। एनआरएनए र आर्मी तथा एपीएफ र प्रदेश ४ बीचको सेमिफाइनल स्थगित भएको हो। एनआरएनए र आर्मीबीचको सेमिफाइनलमा दुवैले एक–एक सिंगल्समा जित हात पारेका छन्। डबल्समा भने आर्मीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको छ। त्यसैगरी अर्को सेमिफाइनलमा पनि एपीएफ र प्रदेश ४ ले एक–एक सिंगल्सको नतिजा आफ्नो पक्षमा परेका छन्। डबल्समा भने पहिलो सेट ५–५ को बरबरी अवस्थामा सकिएको छ।


टेबलटेनिस : प्रहरी र एपीएफबीच उपाधि भिडन्त

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ।

दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे।

पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच हुनेछ। प्रहरीले प्रदेश ४ लाई ३–०, एपीएफले प्रदेश १ लाई ३–१, प्रदेश ३ ले प्रदेश २ लाई ३–१ र आर्मीले प्रदेश ५ लाई ३–१ को सेटमा हराए।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारदेखि दाङमा पुरुष बास्केटबल तथा नेपालगन्जमा फेन्सिङ खेल सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell