PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

न्यायाधीश सिफारिसबारे पूर्व न्यायाधीशहरूको टिप्पणी, ‘न्यायपालिकाको गरिमामा आँच पुग्यो’



पहिलोपोस्ट

न्यायाधीश सिफारिसबारे पूर्व न्यायाधीशहरूको टिप्पणी, ‘न्यायपालिकाको गरिमामा आँच पुग्यो’

काठमाडौँः पूर्वन्यायाधीश फोरमले न्याय परिषद्ले पछिल्लो पटक गरेको न्यायाधीश सिफारिसले न्यायपालिकाको गरिमामा आँच पुगेको जनाएको छ। फोरमले एक विज्ञप्ति प्रकाशन गर्दै न्यायाधीश हुनका लागि वरिष्ठता, अनुभव, इमान्दारिता र कार्यकुशलता अनिवार्य रूपमा पालना गर्नुपर्नेमा पछिल्लो सिफारिसले न्यायिक क्षेत्रमा सम्बद्ध इमान्दार र सक्षम व्यक्तिलाई हतोत्साहित बनाएको बताएको छ।

न्यायाधीश सिफारिसको असर कार्यसम्पादनमा समेत पर्ने भन्दै फोरमले उत्तरदायी बन्न सबै पक्षलाई आग्रह गरेको छ।

न्याय परिषद्ले चैत १९ गते सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ न्यायाधीशको सिफारिस गरेको थियो। सर्वोच्चमा सिफारिसको हकमा संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको छ। उच्च अदालतका न्यायाधीशको भने बुधबार शपथ भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell