
काठमाडौँ : अर्को वर्ष दक्षिण अफ्रिकामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्रिकेटको एसियन रिजनल क्वालिफायर भोलीबाट मलेसियामा सुरु हुँदैछ।
एसियाका टेष्ट नखेल्ने ६ राष्ट्रले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। ६ राष्ट्रले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् र अंक तालिकामा शीर्ष स्थानमा रहने एक टोली २०१९ जनवरीमा हुने यू-१९ वर्ल्डकपमा छनोट हुनेछ।
अहिलेसम्म १२ टोलीले दक्षिण अफ्रिकाको टिकट पक्का गरिसकेका छन् र एसियाबाट छनोट हुने टिम १३औँ हुनेछ।
त्यसका लागि नेपाल, मलेसिया, युएई, सिंगापुर, कुवेत र ओमान भिड्दैछन्। नेपाले पहिलो खेलमा भोली सिंगापुरसँग खेल्नेछ।